चितवन-२ मा रवि दोब्बरले बढाउँदै मतान्तर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन-२ मा हालसम्म ९ हजार ८३५ मत गणना भएको छ ।

जसमा रास्वपाका लामिछानेले ५ हजार १८८ मत पाएका छन् भने उनलाई एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइ रहेका छन् । घिमिरेले २ हजार २५ मत ल्याएका छन् । 

कांग्रेसकी मिना खरेलले १ हजार ९१९ मत पाएकी छिन् । उनी तेस्रो स्थानमा रहेकी छिन् । 

Share News