उदयपुर-१ मा रास्वपाका गेलाल दोब्बर मतले अगाडि

काठमाडौं । उदयपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् ।

उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् ।

त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत ल्याएका छन् ।

श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ४५२ मत ल्याउँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ४१२ मत ल्याएका छन् ।

Share News