प्रधानमन्त्रीले भनिन् : अब कार्की आयोगसहित अन्य प्रतिवेदन पनि सार्वजनिक गर्छौं

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीले अब गौरी बहादुर कार्की नेतृत्वको भदौ २३ र २४ का घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन बुझेर सार्वजनिक गर्ने बताएकी छन् । बिहीबार मतदान सम्पन्न भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जाने बताइन् । ‘मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन । अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौं । ताकि जनताले थाहा पाऊन्,’ उनले भनिन् । 

उनले थुप्रै चुनौती भए पनि आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गएर सफल भएको पनि बताइन् । ‘हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौं । निस्वास्र्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौं,’ उनले भनिन् । 

Share News