सरकारले विकास नगर्दा मतदाता निर्वाचनमा सहभागी भएननन् : भण्डारी

फाइल तस्बिर ।

काठमाडौं । संघीय सरकारले विकास नगर्दा जनताले निर्वाचन बहिष्कार गरेको निर्वाचन आयोगले जनाएको छ । 

बिहीबार आयोगमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले संघीय सरकारले विकास नगर्दा मतदाता रुष्ट भएको बताए ।

‘मतदाताहरू निर्वाचनदेखि रुष्ट भएका होइनन्,’ उनले भने ।

स्वेच्छिक अधिकारलाई आयोगले जबरजस्ती गर्न नमिल्ने उनले बताए । सन्तुष्ट भएपछि मतदाताहरू निर्वाचनमा सहभागी हुने उनको भनाइ छ ।

Share News