नागरिक उड्डयन प्राधिकरण भन्छ- एयरलाइन्ससँग टिकट बुकिङ कन्फर्म गरेर मात्र विमानस्थल जानू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई नजान अनुरोध गरेको छ । यात्रुलाई एयरलाइन्ससँग समन्वय गरेर मात्र विमानस्थलमा जान प्राधिकरणले आग्रह गरेको हो।

मध्यपूर्व क्षेत्रमा हवाई उडान प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द तथा रद्द भइरहेका छन् । 

केही वायुसेवाहरूले त्यस क्षेत्रमा अलपत्र परेका तेस्रो मुलुक हुँदै नेपाल आउने ट्रान्जिट यात्रुहरूका लागि विमानस्थलबाट नेपाल आउने र नेपालबाट सोही मुलुकको विमानस्थलसम्म लैजाने गरेको छ ।

‘मध्यपूर्वका देशबाट केही उडान सञ्चालन हुने जानकारी प्राप्त भएको हुँदा र सोही देशबाट तेस्रो मुलुक यात्रा गर्ने हवाई यात्रुहरुले सम्वन्धित वायुसेवाहरुसँग समन्वय गरी आफ्नो बुकिङ गरेपश्चात मात्र विमानस्थलमा आउनका लागि सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

null

Share News