२ बजेसम्म सुनसरीमा खस्यो ३० प्रतिशत मत

काठमाडौं । कोशी प्रदेशको सुनसरी जिल्लामा २ बजेसम्म ३० प्रतिशत मतदान भएको छ । 

सुनसरीको चारवटै क्षेत्रमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेले जानकारी दिए ।

उनका अनुसार ४ वटै निर्वाचन क्षेत्रमा २ बजेसम्म ३० प्रतिशत मत खसेको छ ।

‘सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ,’ भट्टराईले भने, ‘कुनै पनि अप्रिय घट्ना घटेको छैन । सबैतिर मतदान जारी रहेको छ । अहिलेसम्म कुनै पनि अप्रिय घटनाको जानकारी आएको छैन ।’

सुनसरीमा ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन् ।

Share News