मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी आफ्ना नागरिकको उद्धार गर्दै अष्ट्रेलिया

काठमाडौं । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइवटा सैन्य विमान तैनाथ गरी नागरिक उद्धारमा तल्लीन रहेको अधिकारीहरूलाई यदृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयाेतल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किए पछि यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् ।

अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविधा प्रवाह  गरेको अधिकारीहरूलाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले समेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गरेका छन् । उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिए । 

यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउँदै अस्ट्रेलियाले यस क्षेत्रमा १ लाख १५ हजार नागरिक रहेको बताएको छ । न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निस्कासनको लागि  बिहीबार मध्यपूर्वमा दुइवटा सैन्य विमान तैनाथीकोे आदेश दिएको छ ।

Share News