काठमाडौं । केपी शर्मा ओलीले बिहीबार मतदान गरेका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले भक्तपुर-२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।
ओली झापा जिल्ला-५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।
निर्वाचन कार्यालयका अनुसार बिहानैदेखि मतदाता मतदान केन्द्रमा उपस्थित भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । केही स्थानमा सामान्य भीड देखिए पनि मतदान प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ ।