काठमाडौं । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदानपछि गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जन अपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज काठमाडौंको पुरानो बानेश्वरस्थित गौरचणपार्क मतदान केन्द्रबाट मतदान गरेपछि उनले जनताको दैनिक जीवन र सुख दुःखमा सरकारले ध्यान दिनुपर्ने बताए ।
पूर्वअध्यक्ष रेग्मीले भने, ‘मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरूको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुख दुःखमा ध्यान देओस् भन्ने जन अपेक्षा पूरा होस् ।’