काठमाडौं । प्रकाश शरण महतले बिहीबार नुवाकोट जिल्लाबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महतले पञ्चकन्या-२ स्थित राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
पूर्व अर्थमन्त्री समेत रहेका उनले आफ्नो अमूल्य मताधिकार प्रयोग गरेको बताए । उनले मतदान केवल अधिकार मात्र नभई लोकतन्त्रप्रतिको कर्तव्य पनि भएको उल्लेख गर्दै सचेत नागरिकका रूपमा सबैलाई मतदान गरेर आफ्नो आवाज व्यक्त गर्न आग्रह गरे ।