प्रचण्डले गरे मतदान, रुकुमपूर्व जाँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । 

भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुल मतदान केन्द्र क बाट मतदान गरेपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्र र जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई मतदाताले चयन गर्नेमा आफू ढुक्क रहेको बताए । 

संयोजक दाहालले भने, ‘समृद्धितर्फको यात्रा निर्धारण गर्न यो निर्वाचन महत्वपूर्ण छ । उत्साहका साथ निर्वाचनमा सहभागी हुन आम मतदातालाई मेरो आग्रह छ ।’

प्रचण्डले आफूलाई भने भोट हाल्न पाएनन् । उनले मतदान गरेको क्षेत्रमा उनकी छोरी रेनु दाहाल उम्मेदवार छिन् । बिहीबार बिहानै मतदान गरेका प्रचण्ड त्यसपछि रुकुम पूर्व जिल्ला जाने तयारीमा रहेका छन् । उनी उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । 

Share News