एमाले महासचिव पोखरेलले गरे मतदान

काठमाडौं । शङ्कर पोखरेलले बिहीबार तुलसीपुर उपमहानगरपालिका-१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् । 

नेकपा (एमाले) का महासचिवसमेत रहेका पोखरेल दाङ जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनले बिहान मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

देशभर आज प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदाता बिहानैदेखि मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । 

Share News