कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा मतदान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गत वडा नं २९ को मिलन विद्या मन्दिरमा मतदान गरेका छन् । 
 
यसैगरी, निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरेका छन् भने अर्का निर्वाचन आयुक्त सगुनशम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुलीस्थित धापासी निमावि मतदान केन्द्रबाट मतदान गरे ।

Share News