काठमाडौं । निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमा भिडियो हालेको भन्दै टिकटकर तथा कन्टेन्ट क्रियटर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार चितवन जिल्ला प्रहरी कार्यालयले मौन अवधिमा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने खालको भिडियो हालेका कारण नियन्त्रणमा लिएको हो ।
मौन अवधिमा हालेको भिडियो हटाउने शर्तमा कार्कीलाई सामान्य सोधपुछ गरेर छोडेको प्रहरीले जनाएको छ ।
कार्की केही समयअघिदेखि जापानमा बस्दै आएका थिए । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि मत हाल्न नेपाल आएका छन् ।