काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि तीन दिनको सार्वजनिक बिदा दिएको छ । केही बीमा कम्पनीहरूले भने सार्वजनिक बिदाको दिनमा पनि सेवा उपलब्ध गराउने भन्दै सूचना प्रकाशित गरेका छन् ।
४ निर्जीवन बीमा कम्पनीहरूले आफ्ना निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर तथा सम्बन्धित कर्मचारीलाई तोकेर बीमितलाई सुबिधा दिन लागेको सूचनामा उल्लेख गरेको छ । सार्वजनिक बिदामा युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सले सेवा उपलब्ध गराउने भएका हुन् ।
युनाइटेड अजोड इन्स्योरेन्सले बिदाको दिनमा पनि बीमा सेवासँग सम्बन्धित कुनै पनि अत्यावश्यक कार्यका लागि सम्पर्क गर्न सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीले केन्द्रीय कार्यालयको लागि टोपेन्द्र कटेल (जोखिमांकन), डोरिन्द्र राज दाहाल (मार्केटिङ) र सञ्जय श.ज.ब राणा (दाबी) तोकेको हो ।

त्यस्तै, कम्पनीले प्रदेश कार्यालयअन्तर्गत कोसी प्रदेशमा केदार ब. खत्री, मधेश प्रदेशमा धिरज कुमार शर्मा, बागमती प्रदेशमा अकुर रिमाल, गण्डकी प्रदेशमा गोपाल प्रसाद पौडेल, लुम्बिनी प्रदेशमा भगवती रेग्मी, कर्णाली प्रदेशमा रवि ढकाल र सुदुरपश्चिमको लागि राकेश मान कर्माचार्यलाई तोकेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले नीमा दाहाल, अनिल श्रेष्ठ, अंकिता बज्राचार्य, कमान सिंह, मनिष थापा र कमान सिंहलाई सम्पर्कको लागि तोकेको छ ।

आइजिआई प्रुडुन्सियलले बीमालेखसम्बन्धी सेवा लिनुपरेमा प्रतिभा मिश्र, पूर्ण भक्त महर्जन, सुलोचना पन्त र एलिजा स्थापित, बीमा दाबी सम्बन्धमा घमान सिंह तामाङ, सुवास खनाल र औषधीउपचार सम्बन्धी बीमा दाबी सम्बन्धी सेवा लिनुपरेमा प्रल्हाद बस्नेतलाई तोकेको छ ।

सानिमा जिआइसीले बीमालेख सम्बन्धमा उद्धव रिजाल, सुविना मानन्धार, दाबी सम्बन्धमा निरज पौडेल र विजय पोखरेललाई तोकेको छ ।
