काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७१२ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार २५४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, रिडि पावर कम्पनीको २७ करोड, एसवाई प्यानलको २४ करोड, मन्जुश्री फाइनान्सको २२ करोड र न्यादी गुप्रको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशत बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।