काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप पुष्टि भएपछि आयोगले उनको उम्मेदवारी रद्द गरेको जनाएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार आवश्यक प्रमाणका आधारमा साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको हो । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पुष्टि भएपछि कानुनी व्यवस्थाअनुसार उम्मेदवारी अमान्य ठहर गरिएको आयोगले जनाएको छ ।
धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन् ।