काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधि गर्ने १४२ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले हालसम्म १४२ जनालाई नियन्त्रण गरिएको जानकारी दिए।
निर्वाचन आचारसंहिता लागू भएपछि झण्डै डेढ सय जनालाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार प्रहरी हिरासतमा ७६ जना छन् भने ६६ जना रिहा भइसकेका छन् ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट विरोध गर्ने सोमबार मात्र ९ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए । फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।