काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेका छन् ।
आइतबार अधिकारीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।
सामाजिक सञ्जाल तथा युट्युबमा निर्वाचन गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ गरिएको दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले जानकारी दिए।
फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।