इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु, ईभी कारदेखि स्मार्टफोनसम्म पुरस्कार

काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ । अघिल्लो संस्करणबाट प्राप्त उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यसपटक अभियानलाई अझ परिस्कृत बनाउँदै कम्पनीले ड्राइभर पार्टनर्सको परिश्रम, समर्पण र योगदानको सम्मानस्वरूप कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

अभियानअन्तर्गत ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस–टी ईभी कार, याडिया भेलाक्स ईभी स्कूटर, सामसङ स्मार्टफोन तथा स्टेकेसन प्याकेज समावेश गरिएको छ ।

कम्पनीका अनुसार फेब्रुअरी २३, २०२६ (फागुन ११) देखि मार्च १, २०२६ (फागुन १७) सम्म चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न न्यूनतम ४५ वटा सवारी पूरा गर्नुपर्नेछ । त्यसपछि मार्च २ (फागुन १८) देखि मार्च २९ (चैत १५) सम्म साप्ताहिक चुनौतीहरू सञ्चालन गरिनेछन्, जहाँ प्लेटिनम स्ट्याटस कायम राख्ने चालकहरू साप्ताहिक पुरस्कारका साथै ग्रान्ड प्राइजका लागि पनि योग्य हुनेछन् । क्याब चालकका लागि टाटा एक्सप्रेस–टी ईभी कार र बाइक राइडरका लागि याडिया भेलाक्स ईभी स्कूटर ग्रान्ड प्राइजका रूपमा राखिएको छ । अभियान तीन चुनौतीपूर्ण हप्तामा सञ्चालन हुनेछ र विजेताहरूको घोषणा गर्दै अप्रिल २, २०२६ (चैत १९) मा  कार्यक्रममार्फत ग्रान्ड विजेता सार्वजनिक गरिने कम्पनीले जनाएको  छ।

अभियानअन्तर्गत एक जनाले टाटा एक्सप्रेस–टी ईभी कार, दुई जनाले याडिया भेलाक्स ईभी स्कूटर, १६ जनाले सामसङ स्मार्टफोन तथा चार जनाले स्टेकेसन प्याकेज प्राप्त गर्नेछन् । ग्रान्ड प्राइजका लागि योग्य हुन चालकहरूले अभियानको चारै हप्तामा प्लेटिनम स्ट्याटस कायम राख्नुपर्नेछ भने साप्ताहिक पुरस्कार विजेताहरू प्रत्येक चुनौती हप्तामा प्लेटिनम स्ट्याटस हासिल गर्ने चालकहरूबाट छनोट गरिनेछन् ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर पार्टनर्स नै कम्पनीको सफलताको आधारस्तम्भ भएको बताउँदै उनीहरूको समर्पण, व्यावसायिकता र सेवाप्रतिको प्रतिबद्धताले निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलताको लक्ष्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । चालक साझेदारहरूलाई सशक्त, सुरक्षित र सक्षम बनाउँदा सम्पूर्ण इनड्राइभ इकोसिस्टम अझ बलियो र दिगो बन्ने विश्वासका साथ अभियान सञ्चालन गरिएको उनले बताइन् । कम्पनीले आगामी दिनमा पनि चालक साझेदारहरूको योगदानको सम्मान गर्दै यस्ता सहयोगमूलक तथा लाभदायक कार्यक्रमहरू निरन्तर ल्याइने जनाएको छ ।

Share News