काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् ।
फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नयाँ कार्यकाल फागुन २९ गतेदेखि लागू हुने कम्पनी सचिव रोशन कापरले जानकारी दिएका छन् ।