नैकाप र सुकेधारामा गाडीमा आगो लगाइयो, दुर्गा प्रसाईको प्रचा फेला

फाइल फोटो

काठमाडौं । नैकाप र सुकेधारामा दुई वटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेको छ । मंगलबार बिहान काठमाडौंका दुई ठाउँमा गाडी आगजनी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले विकासन्युजलाई जानकारी दिए ।

उनका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान आगजनी भइरहेको अवस्थामा फेला परेको थियो । सुकेधारामा पनि अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो ।

‘बिहान पौने ३ र पौने ४ बजेतिरको घटना हो,’ उनले भने, 'अहिलेसम्म दुवै सवारीसाधनका कोही पनि धनीहरू क्षति भएको भनेर उजुरी गर्न आएका छैनन् ।' 

घटनास्थलमा दुर्गा प्रसाई समर्थित पर्चा भेटिएको उनले जानकारी दिए । दुर्गा प्रसाईंमाथि फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ । उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन् ।  

Share News