काठमाडौं । कतारस्थित नेपाली दूतावासले नेपालीलाई मोबाइल फोन पूर्ण चार्ज गरेर नगद तथा महत्त्वपूर्ण परिचयपत्र आफ्नो साथमा राख्न आग्रह गरेको छ ।
नेपालमा रहेका आफ्ना परिवारसँग तथा कतारस्थित आफू बसेको क्षेत्रमा भएका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ ।
विभिन्न बहाना गरेर नेपालीलाई फोन गरी दुःख दिएको जनगुनासो आएको दूतावासले जनाएको छ । ठगीबाट जोगिन व्यक्तिगत तथा महत्त्वपूर्ण विवरण (कतारी आइडी, राहदानी, बैंक खाता, एटीएम कार्ड आदि सम्बन्धी विवरण) नदिन पनि दूतावासले अनुरोध गरेको छ ।
अफवाहपूर्ण सूचना सामग्री तथा घटनास्थलको तस्बिर/भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न पनि अनुरोध गरेको छ ।
भीडभाडमा हुने स्थानमा आवश्यकता बाहेक नजान र कुनै अपरिचित शव वा शंकास्पद वस्तु नजिक नजान पनि दूतावासले आग्रह गरेको छ ।
