काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरले स्कुटर चालकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मंगलबार बिहान टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै स्कुटर चालकलाई सिभिल अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको भट्टराईले बताए । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।