हिमालय एयरलाइन्सले कतार, यूएई र साउदी अरबको टिकट प्रमाणीकरण निःशुल्क गर्ने

काठमाडौं । हिमालयन एयरलाइन्सले कतार, यूएई र साउदी अरबतर्फ यात्रा गर्ने यात्रुहरूलाई ठूलो राहत दिएको छ । हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि प्रभावित भएका यात्रुहरूका लागि एयरलाइन्सले टिकट एक पटक निःशुल्क पुनःप्रमाणीकरण गर्ने विशेष सुविधा घोषणा गरेको हो । 

एयरलाइन्सका अनुसार कतार, यूएई र साउदी अरबतर्फका सबै उडानहरू हालका लागि रद्द भएका छन्। यसबाट प्रभावित यात्रुहरूले अतिरिक्त शुल्क नतिरी आफ्नो टिकट नयाँ मितिमा सार्न सक्नेछन् । 

कम्पनीले पुनःप्रमाणीकरण गरिएको मितिबाट ३५ दिनभित्र उडान गरिसक्नुपर्ने स्पष्ट पारेको छ । यो सुविधा एक पटक मात्र प्रयोग गर्न पाइनेछ ।

यात्रुहरूले टिकट प्रमाणीकरणको सुविधा लिन एयरलाइन्सको आधिकारिक कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

हवाई उडानमा आएको अवरोधका बीच हिमालयन एयरलाइन्सको यो निर्णयले सयौं यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

null

Share News