कांग्रेसमा खुले मिराज ढुङ्गाना, गगनलाई समर्थन गर्न पुगे सर्लाही*

काठमाडौं । जेनजी आन्दोलनमा चर्चामा आएका मिराज ढुङ्गानाले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् ।  उनी कांग्रेस सभापति गगनकुमार थापालाई समर्थन गर्न  उनीसहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् । 

मिराज त्यस्ता जेनजी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो । 

माइतीघरबाट सुरु भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो । उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेनजीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । (*शीर्षक सच्याइएकाे)

Share News