अबुधाबीमा ड्रोन निष्क्रिय पार्दा अस्ताए गोरखाका दिवस श्रेष्ठ

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । 

अबुधावीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको ज्यान गएको हो । 

श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए । उनको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गरेको छ। 

परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने पनि दूतावासले जनाएको छ।

युएईमा इरानको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो । एक(एक बंगलादेशी र पाकिस्तानी नागरिकको पनि मृत्यु भएको हो । 

युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन समेत दूतावासले आग्रह गरेको छ ।

इरानले  युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । 

 

null

Share News