मतदाताले उम्मेदवारबाट पैसा लिएमा ५० हजार जरिवानादेखि एक वर्षसम्म जेल सजाय हुनसक्ने

काठमाडौं । राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारबाट मतदाताले उपहार तथा नगद लिए कारवाही हुने निर्वाचन आयोगले जनाएको छ ।

मतदानको अधिकार प्रयोग गरेबापत उपहार, पुरस्कार, इनाम, बकसको रूपमा नगद वा जिन्सी सामग्री लिन नपाइने आयोगले जनाएको हो ।

साथै सार्वजनिक भोजमा पनि सहभागी हुन नपाइने आयोगले बताएको छ ।

त्यस्ता गतिविधिमा सहभागी भएमा मतदातालाई ५० हजार जरिवानाका साथै ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने बताइएको छ ।

Share News