निर्वाचन बिथोल्न खोज्ने नेकपा बहुमतको कार्यकर्ता कीर्तिपुरबाट पक्राउ

काठमाडौं । निर्वाचन हुन नदिने भनेर प्रचारप्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । शुक्रबार अछामका ३९ वर्षीय तपेन्द्र तिमिल्सेनलाई कीर्तिपुरबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार तिमिल्सेनले पर्चा, पम्प्लेट, सामाजिक सञ्जाललगायतबाट निर्वाचनको विरोध गरेका थिए । 

उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान कार्य भइरहेको छ ।

निर्वाचन सम्पन्न हुन नदिने भनी सर्वसाधारण मानिसमा झुटा अफवाह फैलाएर भय त्रासको वातावरण सृजना गरी उम्मेदवारलाई समेत असुरक्षा हुने किसिमको काम गरेको प्रहरीले जनाएको छ ।

तिमल्सेन नेकपा बहुमतको सचिवालय सदस्यसमेत हुन् ।

Share News