काठमाडौं । दुबईको शारजाहका लागि नेपालबाट हुने नियमित उडान रद्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार (आज) बेलुका हुने एउटा र भोलिको लागि हुने तीनवटा उडान रद्द भएको हो ।
तीनवटै उडान एयर अरेबियाका हुन् ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अरब मुलुकमा भएका युद्ध तनावका कारण उडान रद्द गर्नुपरेको जानकारी दिए ।
उनका अनुसार नेपालबाट शारजाह र शारजाह नेपालमा हुने दुवै उडान रद्द भएको हो।
युद्ध तनावका कारण युएई, कतारलगायसत अन्य विमानस्थल बन्द भएका छन् भने उडानहरू रद्द भइरहेका छन्।