सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६७४ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३१४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधी विद्युतको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै एपीआई पावरको ३३ करोड, मन्जुश्री फाइनान्सको २८ करोड, आँखु खोला जलविद्युतको २६ करोड र एसवाई प्यानलको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक र रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।   

Share News