काठमाडौं । कतार एयरवेजले सबै उडान बन्द गरेको छ । कतार एयरवेजको एयरस्पेस बन्द भएपछि अस्थायी रूपमा उडान बन्द भएको हो ।
कतार एयरवेजका अनुसार कतार नागरिक उड्डयन प्राधिकरणले कतारी एयरस्पेस सुरक्षित रूपमा पुनः खोलेको घोषणा गरेपछि कतार एयरवेजले आफ्नो उडान सुरु गर्नेछ ।
कतार एयरवेजको पुनः उडानसम्बन्धी तालिक अपडेट गर्दै जाने पनि एयरवेजले जनाएको छ ।
