स्वाभिमान लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

संस्थाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीहरूलाई वितरण गरिनेछ ।

Share News