रास्वपा काठमाडौं उपत्यकामा प्रचारमा व्यस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं उपत्यका केन्द्रित  प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले शनिबार यहाँ, भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ ।      

र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी रहेका छन् । र्याली काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो । 

बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।
 

Share News