चितवनमा पृथक पोशाकमा देखिए बालेन, ‘देश हेटौंडा सिमेन्ट उद्योगजस्तै भयो’

चितवनलाई पर्यटनदेखि कृषिको हब बनाउन सकिन्छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ले देश हेटौंडा सिमेन्ट उद्योगजस्तै भएको बताएका छन् । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सभामा बोल्दै उनले आफू देशका विभिन्न ५० वटा देशमा पुगेको बताउँदै स्रोतसाधन भएको तर चल्न नसकेको हेटौंडा उद्योगजस्तै देश बनेको बताए । 

उनले किसानले बजार नपाएको गुनासो वर्सेनि आउँदै गरेको बताउँदै अब रास्वपाको सरकारले त्यसलाई रोक्ने बताए । नेपालमै उत्पादन भएको सस्तो बिजुली प्रयोग गरेर किसानले कोल्ड स्टोरेजमा भण्डारण गरेर जतिबेला पनि उपभोग गर्न सक्ने वातावरण बनाउने उनले घोषणा गरे । 

उनले पर्यटनको हबका रुपमा चितवनलाई बनाउन सकिने बताउँदै बर्खायामको बेला खेर गइरहेको बिलुजीलाई पनि स्टोर गरेर ब्याट्री बनाउने पार्टी रास्वपा रहेको बताए । 

चितवनको क्रममा देशभरका ५० जिल्ला गएको बताउँदै एउटा जिल्लामा रहेको समस्या अर्को जिल्लाले समाधान रहेको बताए । उनले देश हेटौडा उद्योगजस्तो भएको बताए । 
सभापति नै चितवनबाट उम्मेदवार बनेको बताउँदै चितवनका जनताले समस्या हुने बताए । 

चितवनको सभामा उनी पृथक पोशाकमा देखिएका छन् । यसअघि कालो कोट, कालो पेन्टर कालो चस्मामा देखिने उनी शुक्रबार ढाकाको ढाकाको भोटोसहित सेता कमिजमा देखिएका छन् । 


 

Share News