एनसेल र दामी एक्सपिरियन्सबीच साझेदारी, ४०० बढी आउटलेटमा छुट

काठमाडौं । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँग साझेदारी गर्दै ४०० भन्दा बढी आउटलेटहरूमा प्राप्त गर्न सकिने विशेष अफर सार्वजनिक गरेको छ । मंगलबार दुवै कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै अफर औपचारिक रूपमा सुरु भएको हो ।

सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए ।

यस साझेदारीअन्तर्गत प्रोफेसनल वा प्रिमियम एनसेल सिग्नेचर योजनामा आबद्ध ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, स्पा, व्यायामशाला तथा मनोरञ्जन गतिविधिहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर व्यावसायिक नेटवर्किङ र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत फोलेले भने, 'यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहक लक्षित सिग्नेचर प्लानलाई अझ विशेष बनाएको छ । प्रिमियम अनुभूति र जीवनशैलीसँग जोडिएका सुविधासहित हाम्रो सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय सञ्चार सेवा प्रदान गर्छ ।'

दामी एक्सपिरियन्सले एनसेल सिग्नेचर प्लान प्रयोगकर्तालाई विभिन्न ब्रान्डमा विशेष छुट उपलब्ध गराउने जनाएको छ । प्रयोगकर्ताले हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशतसम्म छुट, दुसित प्रिन्सेस होटलमा २० प्रतिशत छुट तथा विभिन्न व्यायामशालामा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताले एनसेल एपभित्र रहेको दामी एक्सपिरियन्समा ट्याप गरी डिजिटल भिआइपी कार्ड सक्रिय गरेर सूचीकृत पार्टनर ब्रान्डबाट सहजै लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

मोबिलिटी सेग्मेन्टअन्तर्गत एनसेल बिजनेसले प्रोफेसनल र प्रिमियम सिग्नेचर प्लान उपलब्ध गराउँदै आएको छ । यी योजना कर्पोरेट अधिकृत तथा नेतृत्वदायी भूमिकामा रहेका व्यवसायीलाई लक्षित छन् । योजनामा भ्वाइस, डेटा, एसएमएस तथा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध छन्, जसले नेपालभित्र र बाहिर निर्वाध सञ्चार सुनिश्चित गर्छ ।

२५० जीबीसम्म उच्च गतिको डेटा, असीमित मासिक कल र एसएमएस तथा विभिन्न देशमा मासिक ६० मिनेटसम्म अन्तर्राष्ट्रिय रोमिङ भ्वाइस र १० जीबी डेटा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । प्रोफेसनल सिग्नेचर प्लान वार्षिक १७ हजार ९९९ रुपैयाँ र प्रिमियम सिग्नेचर प्लान वार्षिक २१ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।

Share News