बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १५ हजार ४०० र एक तोलाको चाँदीको  ५ हजार ७२५ कायम भएको छ । गत मङ्गलबार तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको थियो । 

हिजो बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल ५ हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५०० र एक तोला चाँदी ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ५ हजार १९० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

Share News