होटलमा अपहरण गरेर राख्ने स्वास्थ्य सहायकसहित तीन जना पक्राउ

काठमाडौं । अपहरण गरेर होटलमा राखी घाइते बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । टेकुस्थित प्यालेस होटलमा पूर्णबहादुर बोहरालाई बन्धक बनाइ कुटपिट गरी घाइते बनाउने फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिवबहादुर घर्तीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो ।

सोमबार राति ९ बजे बन्धकमा परेका पुर्णबहादुर बोहरालाई प्रहरीले उद्धार गरेको थियो । अपहरणमा संलग्न होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले बताए ।

प्रहरीका अनुसार अपहरणमा संलग्न सुर्खेत वीरेन्द्रनगरका २६ वर्षीय न्यौपाने टेकु अस्पतालका स्वास्थ्य सहायकसमेत हुन् । जुम्लाका ३६ वर्षीय बस्नेत कृषिमा आवद्ध र होटल सञ्चालक ४२ वर्षीय घर्ती कास्कीका माछापुच्छ्रेका हुन् ।

उनीहरूलाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयले बताएको छ ।

null

Share News