ओमेगा क्यापिटल एडभाइजर्सले पायो घरजग्गा किनबेच गर्ने कानुनी अनुमति

काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न नेपाल सरकारबाट आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कम्पनीलाई घरजग्गा कारोबार गर्न इजाजतपत्र (इजाजतपत्र नं. बिआरके १८३५६०१) प्रदान गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको विभागबाट प्रचलित कानून तथा नियमावलीअनुसार उक्त इजाजतपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । इजाजतपत्रअनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रभित्र कानुनी रूपमा घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न सक्नेछ ।

साथै, इजाजतपत्रमा तोकिएको व्यवस्थाअनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा कम जुनसुकै रकमको घरजग्गा कारोबार गर्न पाउने अधिकार प्राप्त गरेको छ ।

इजाजतपत्र प्राप्तिपछि कम्पनीले प्रचलित कानून तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्ने, पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अवलम्बन गर्ने, सुरक्षित तथा विश्वसनीय घरजग्गा कारोबार सेवा प्रदान गर्ने तथा ग्राहक र सरोकारवालाको हितलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनी व्यवस्थापनका अनुसार उक्त इजाजतपत्र प्राप्ति संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता र दीर्घकालीन विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ । कम्पनीले आगामी दिनमा थप गुणस्तरीय, पारदर्शी र कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News