काठमाडौं । बिटकोइन मंगलबार ५ प्रतिशतभन्दा बढीले घट्दै ६३ हजार ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बढ्दो भन्सार (ट्यारिफ) तनाव र व्यापक भू–राजनीतिक जोखिमका कारण लगानीकर्तामा जोखिमप्रति सतर्कता बढेपछि बजारमा दबाब देखिएको हो ।
बजार पुँजीकरणका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइन फेब्रुअरी २०२६ को पहिलो हप्तामा तीव्र उतारचढावबीच दबाबमा परेको थियो । जोखिमयुक्त सम्पत्तिबाट लगानीकर्ताहरू टाढिन खोज्दा बिटकोइन कारोबारका क्रममा ६२ हजार ९६४.६४ अमेरिकी डलरसम्म झरेको थियो, जुन पछिल्ला महिनाहरूयताकै कमजोर स्तरमध्ये एक मानिएको छ ।
यस वर्ष अहिलेसम्म बिटकोइन करिब २७ प्रतिशतले घटिसकेको छ भने अक्टोबरको उच्च बिन्दुबाट करिब ५० प्रतिशतले तल आएको छ ।
क्रिस्टोफर ह्यामिल्टनका अनुसार बिटकोइनमा देखिएको यो गिरावट क्रिप्टो–विशेष धक्काभन्दा पनि जोखिम धारणा पुनःसमायोजनको परिणामजस्तो देखिन्छ ।
यो गिरावट संरचनागत बहिर्गमनभन्दा ट्याक्टिकल डि–रिस्किङ को परिणाम हुनसक्ने पनि उनी बताउँछन् ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आणविक सम्झौतामा इरानको असहमति जारी रहे ‘आगामी करिब १० दिनभित्र आक्रमण गर्नेरनगर्ने निर्णय लिने बताएका थिए ।
त्यसयता तनाव बढ्दै गएको छ र वासिङ्टनले मध्यपूर्व क्षेत्रमा सैन्य सम्पत्ति परिचालन जारी राखेको छ ।
ग्लोबल एक्स अस्ट्रेलियाका इन्भेस्टमेन्ट स्ट्राटेजिस्ट बिल्ली लेउङका अनुसार बिटकोइन अझै पनि विश्वव्यापी तरलता अवस्थाप्रति अत्यन्त संवेदनशील छ । यदि बजारले व्यापार नीतिलाई वित्तीय अवस्था कडा बनाउने रूपमा बुझ्यो भने त्यसको प्रभाव सबैभन्दा पहिले क्रिप्टो बजारमा देखिनेछ ।