सुनको मूल्य फेरी बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन आइतबार ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३ हजार २ सय रुपैयाँले बढेको हो ।

यस्तै, सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी पनि तोलामा १ सय ७० रुपैयाँले बढेको हो ।

Share News