बाँसबारी राइस मिललाई २ लाख जरिवाना, जयस अन्न घरलाई १० हजार

काठमाडौं । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार २ फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं बाँसबारीस्थित बाँसबारी राइस मिललाई २ लाख रुपैयाँ जरिवाना तिराएको हो । 

त्यसैगरी कागेश्वरी नगरपालिका-६ मुलपानी बाबाचोक स्थित जयस अन्न घरलाई १० हजार रुपैयाँ  जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ ।

विभागले मेगा मार्ट प्रालि लगायत अन्य तीन फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई ३ भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य  सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ । 

Share News