काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ ।