युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत लाभांश दिने

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।  

Share News