काठमाडौं । नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यहरूले भक्तपुर नगरपालिका–९, राधेराधेमा रहेको सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले प्याथोलोजी ल्याबका विभिन्न सेवामा डिजिटल कारोबारमार्फत भुक्तानी गर्दा बिल रकममा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा फागुन ८ गते नेपाल बैंक लिमिटेडका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रालिका तर्फबाट ल्याव निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरू सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकले सेवाग्राहीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको उल्लेख गरेको छ ।