काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्ममा सबैभन्दा धेरे डिजेल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सात महिनामा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबरको ७ लमाख ६६ हजार किलोलिटर डिजेल आयात भएको हो ।
भन्सार विभागको अनुसार क्वान्टिटीको आधारमा भने सबैभन्दा धेरै आयात कच्चा सोयाबिन तेल आयात भएको छ । ७ महिनाको अवधिमा ५९ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको ३७ करोड २४ लाख लिटर कच्चा सोयाबिन आयात भएको तथ्यांकले देखाउँछ ।
माघसम्ममा सबैभन्दा धेरै आयात भएको तेस्रो वस्तुमा पेट्रोल रहेको छ । उक्त अवधिभित्र नेपालमा ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ४२ हजार केजी पेट्रोल भित्रिएको तथ्यांक छ ।
पेट्रोलपछि नेपालमा धेरै एलपिजी ग्याँस भित्रिएको छ । ७ महिनाको अवधिमा ३१ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको ३२ करोड १० लाख केजी एलपिजी ग्याँस आयात भएको छ ।
त्यस्तै, फलामका वस्तु, आइरनलगायत वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालमा ३१ अर्ब ९ करोड रुपैयाँको ७४ करोड १७ लाख केजी फलाम, आइरनलगायत वस्तु आयात भएको छ ।
धेरै आयात भएको छैटौं नम्बरमा स्मार्टफोन रहेको छ । सो अवधिमा नेपालमा २१ अर्ब ३२ करोड रुपैयाँ बराबरको १२ लाख ४ पिस स्मार्टफोन आयात भएको छ । त्यस्तै, सातौं नम्बरमा २१ अर्ब २० करोड रुपैयाँ बराबरको ११ लाख ५३ हजार ग्राम सुन नेपाल भित्रिएको छ ।