काठमाडौं । टाटा मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फागुन महिनालाई लक्षित गर्दै विद्युतीय गाडी टाटा पन्च ईभीमा आकर्षक अफर सार्वजनिक गरेको छ ।
कम्पनीले फागुनभर पन्च ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत ग्यारेन्टेड रिसेल भ्यालु योजना ल्याएको हो । यस योजनाअन्तर्गत फागुन महिनाभित्र पन्च ईभी किन्ने ग्राहकले भविष्यमा टाटाको अन्य कुनै गाडी साट्दा ७० प्रतिशतसम्म सुनिश्चित पुनःबिक्री मूल्य प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले गाडी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य पाउने सुनिश्चितता दिलाउन यो विशेष योजना ल्याइएको हो । विद्युतीय सवारी साधनप्रति बढ्दो आकर्षणबीच यस्तो उच्च रिसेल ग्यारेन्टीले ग्राहकमा थप आत्मविश्वास र सुरक्षा भावना जगाउने कम्पनीको विश्वास छ ।
अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स तथा नेपाली सडक सुहाउँदो डिजाइनका कारण पन्च ईभी पछिल्लो समय ग्राहक माझ लोकप्रिय बन्दै गएको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
यस विशेष स्किमसम्बन्धी विस्तृत जानकारीका लागि देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गर्न सकिनेछ । फागुनको यो अफरले विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरूका लागि अवसरका रुपमा रहेको छ ।