काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रममा ब्रेक लागेको छ ।
पछिल्लो समय निरन्तर घटिरहेको सुनको मूल्य बिहीबार ४ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ ।
बुधबार भने एक तोला सुनको मूल्य ३ लाख ४ सय कायम थियो । बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी बिहीबार ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ ।