काठमाडौं । चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गर्दै फोटोन मोटरले सन् २०२५ मा विश्वव्यापी रूपमा ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गरेको छ ।
ड्राइभ टु ग्रेट भन्ने ग्लोबल थिमसहित कम्पनीले ६ लाख ५० हजारभन्दा बढी युनिट बिक्री गरेको हो ।
फोटोनका लाइट कमर्शियल भेहिकलदेखि हेभी ड्युटी ट्रक र न्यू इनर्जी सोलुसन्ससम्मका उत्पादनहरूले व्यवसायिक आवश्यकतामा निरन्तर साथ दिँदै चीनको बजारमा शीर्ष स्थान सुरक्षित गरेको हो ।
सन् २०२५ मा अन्तर्राष्ट्रिय बजारमा १ लाख ६४ हजार ५०० भन्दा बढी युनिट बिक्री भएको कम्पनीले जनाएको छ । फोटोनले लगातार १५ वर्षसम्म चीनको कमर्शियल भेहिकल निर्यातमा नेतृत्व कायम राखेको छ । हाल फोटोन गाडीहरू १४० भन्दा बढी देशमा उपलब्ध छन् ।
नयाँ वर्ष २०२६ मा पनि फोटोनको सकारात्मक लय कायमै छ । जनवरीमा मात्र कम्पनीले ५५ हजार ५५३ युनिट बिक्री गर्दै चीनमा शीर्ष स्थानमा रहनुका साथै ओभरसिज सेल्स १५ हजार १०२ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.२ प्रतिशतले वृद्धि हो ।
नेपालमा फोटोनको विश्वास र लोकप्रियता पनि तीव्र रूपमा बढिरहेको छ । एमएडब्लू वृद्धिमार्फत कम्पनीले १४ भन्दा बढी बिक्री तथा सेवा केन्द्र र १५६ भन्दा बढी सीसीएसटू टाइप डीसी फास्ट–चार्जिङ पोइन्ट नेटवर्कमार्फत नेपालभरका ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।