शिवरात्रिको दिन प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाडौं । प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ परेका छन् । मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ पक्राउ परेका हुन् । 

श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । 

उनले शिवरात्रिका दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

मंगलबार प्रहरीले एक सूचना जारी गर्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग मागेको थियो ।

Share News